बुधबार २८ फागुन, २०८१

पत्रकार महासङ्घ म्याग्दीको अध्यक्षमा गौतम

पत्रकार महासङ्घ म्याग्दीको अध्यक्षमा गौतम

गलेश्वर (म्याग्दी), २९ मङ्सिर । नेपाल पत्रकार महासङ्घ म्याग्दी शाखाको अध्यक्षमा हरिकृष्ण गौतम सर्वसम्मत चयन भएका छन् ।

बुधबार भएको मनोनयनका क्रममा अध्यक्ष पदमा अन्य उम्मेदवारी नपरेपछि शुक्रबार निर्वाचन समितिले अध्यक्षमा गौतम सर्वसम्मतरुपमा निर्वाचित भएको घोषणा गरेको हो । 

त्यसैगरी उपाध्यक्षमा दलप्रसाद विक  र अमृतप्रसाद पौडेल, सचिवमा ठाकुरप्रसाद आचार्य , सहसचिवमा प्रताप बानियाँ र सन्दीप शर्मा रिजाल, कोषाध्यक्षमा साधन राम्जाली मगर, सदस्यमा कमल खत्री र राकेश शर्मा सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।

केन्द्रीय परिषद् सदस्यमा विनोद शर्मा निर्विरोध चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ ।