शनिबार ०२ चैत, २०८१

जनकपुरको हारले पोखरा र विराटनगर प्लेअफ दौडबाट बाहिरिए, चितवनको प्लेअफ सम्भावना बढ्यो

जनकपुरको हारले पोखरा र विराटनगर प्लेअफ दौडबाट बाहिरिए, चितवनको प्लेअफ सम्भावना बढ्यो

काठमाडौं, २९ मंसिर । चितवन राइनोजले जनकपुर बोल्ट्सलाई हराउँदै नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ पुग्ने सम्भावना बलियो भएको छ ।

 यसअघि नै प्लेअफमा स्थान पक्का गरिसकेको जनकपुरलाई ३२ रनले  हराएपछि चितवनले ७ खेलबाट ८ अंक जोडेको हो ।

अहिलेसम्म जनकपुरले प्लेअफमा स्थान बनाउँदा सुपूरपश्चिम रोएल्स र कर्णाली याक्स पनि ८ अंक नै जोडेर प्लेअफ निकट छन् । यस्तै ६ खेलबाट ६ अंक जोडेर पाँचौ स्थानमा रहेको काठमान्डु गुर्खाजको पनि प्लेअफ सम्भावना अझै बाँकी छ ।

चितवनले जनकपुरलाई पराजित गरेपछि विराटनगर किंग्स र पोखरा एभेन्जर्स भने आफ्नो अन्तिम लिग खेल नै प्लेअफ होडबाट बाहिरिएका छन् । यस्तै लुम्बिनी लायन्स यसअघि नै लिग चरणबाट बाहिरिसकेको छ ।

अब प्लेअफको बाँकी तीन स्थानका लागि चार टिम होडमा छन् ।आइतबार काठमान्डु र विराटनगर तथा सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुनेछ ।

प्लेअफ पुग्न अन्तिम खेल जित्नैपर्ने बाध्यता काठमान्डुलाई छ । काठमान्डु विराटनगरसँग हारेकाले सुदूरपश्चिम, कर्णाली र चितवन प्लेअफ पुग्नेछ ।

जनकपुरले लिग चरणको ७ खेल नै खेलिसकेको छ । जसमा ५ जित र २ हारको नतिजा निकालेको जनकपुर १० अंकसहित शीर्ष स्थानमा छ । जनकपुर शीर्ष दुईमा रहने वा नरहने भन्ने कुरा सुदूरपश्चिमको बाँकी दुई खेलपछि टुङ्गो लाग्नेछ ।