दाङको धारापानी मन्दिरमा पूर्वराजा ज्ञानेन्द्र शाहले गरे पूजाअर्चना
_JB02AFjj21_ewdnphmeey0odacdj7vdum0isjf2jarosyqxphjc1r4ttnjo2c6ko2ipsgm9_W0yDfUTlea_f17bczv8ag2voj0gaa3vgfm9hk6cmjatfqzuunpfsvbfadx14g7q4zdy0heg.jpg)
दाङ, २९ मंसिर । पूर्वराजा ज्ञानेन्द्र शाहले दाङको पवित्र धार्मिक तीर्थस्थल पाण्डवेश्वर महादेव धाम धारापानीम पूजा अर्चना गरेका छन्।
बाँकेको नेपालगन्ज हुँदै तुलसीपुर आइपुगेका पूर्वराजा शाहले घोराही उपमहानगरपालिका–५ स्थित धारापानी पुगेर पूजाअर्चना गरेका हुन्।
दाङमा उनको भब्य स्वागत गरिएको छ। पाण्डवेश्वर महादेवधाम, धारापानी पर्यटकीय एवम् धार्मिक केन्द्र हो। धारापानीमा ५५ दशमलव ५ फिट उचाइको पञ्चधातु मिश्रित त्रिशूल निर्माण गरिएपछि यसको चर्चाले अन्य जिल्लाबाट पनि यहाँ घुम्न आउने गरेका छन्।
यहाँ १ सय ८ शिवलिंग, एक सय ८ वरपिपल जोडी, एक सय ८ समीका वृक्ष, एक सय ८ तुलसीका मठ, ॐकार कुण्ड, पाण्डव शयनशिला र विभिन्न देवी–देवताका मन्दिर यहाँ छन्।