बिहीबार २९ फागुन, २०८१

पत्रकार महासंघ अध्यक्षमा निर्मला शर्मा जित नजिक

पत्रकार महासंघ अध्यक्षमा निर्मला शर्मा जित नजिक

काठमाडौं, २९ मंसिर । नेपाल पत्रकार महासंघको अध्यक्ष पदमा निर्मला शर्मा जित निकट पुगेकी छन् ।

शनिबार बेलुकी ७ बजेसम्म भएको गणनामा शर्मा एक हजारभन्दा बढी मतले अघि छिन् । उनले ३ हजार ९७३ मत  प्राप्त गर्दा अध्यक्षका अर्का प्रत्यासी रमेश विष्टले २ हजार ८२९ मत प्राप्त गरेका छन् ।

शर्मा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालबाट  साझा उम्मेदवार बनेकी हुन् । विष्ट भने प्रेस युनियनको विद्रोही हुन् । उनलाई प्रेस सेन्टर र समाजवादी प्रेस संगठनले  समर्थन गरेको थियो ।

महासचिवमा रामप्रसाद दाहाल पनि जित नजिक पुगेका छन् ।कोषाध्यक्षमा प्रेस सेन्टरका रामकृष्ण अधिकारीबाहेक पदाधिकारीका अन्य सबै पदमा शर्मा प्यानलका उम्मेदवारहरु अग्रता लिएका छन् ।

महासंघको अध्यक्षमा शर्मा, विष्टसँगै देवीप्रसाद सापकोटा र लालसिंह लामा पनि उम्मेदवार थिए ।

अहिलेसम्म उपत्यका प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश र प्रतिष्ठान प्रदेशको मतगणना सकिएको छ । यो समाचार तयार पार्दासम्म केही जिल्लाको मात्र मतगणना भइरहेको छ ।