विराटनगरविरुद्ध टस जितेर पहिले बलिङ गर्दै काठमान्डु

काठमाडौं, ३० मंसिर । राजधानीमा जारी नेपाल प्रिमियर लिगअन्तर्गत आजको पहिलो खेलमा काठमान्डु गुर्खाजले विराटनगर किंग्सविरुद्ध पहिले बलिङ गर्ने निर्णय लिएको छ ।
काठमान्डुका कप्तान करण केसीले टस जितेर बलिङ रोज्दै विराटनगरलाई ब्याटिङको निम्तो दिएका हुन् ।
प्लेअफको सम्भावना कायम राख्न काठमान्डुलाई यस खेलमा फराकिलो जित निकाल्नुपर्ने छ । यस खेलमा हारेको खण्डमा काठमान्डु लिग चरणबाटै बाहिरिनेछ । विराटनगर भने लिगबाट बाहिरिसकेको छ ।
विराटनगर किंग्स: लोकेश बम, निकोलस किर्टोन, स्कट एडवार्ड्स, राजेश पुलामी, बसिर अहमद, दिपक बोहरा, क्रिस सोल, सन्दीप लामिछाने, सुवास भण्डारी, इस्मत आलम, अनिल खरेल ।
काठमान्डु गुर्खाज: स्टेफेन इस्किनाजी, माइकल लेभिट, भीम शार्की, जेरार्ड एरासमस, शंकर राना, प्रतिक श्रेष्ठ, रासिद खान, करण केसी, शाहब आलम, दिपेश कँडेल, डान डौथवेट ।