बुधबार २८ फागुन, २०८१

नेपाल पत्रकार महासंघमा पहिलो पटक महिला नेतृत्व

नेपाल पत्रकार महासंघमा पहिलो पटक महिला नेतृत्व

काठमाडौं, ३० मंसिर । नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्माको जित सुनिश्चित भएको छ । गणना हुन बाँकी मतभन्दा अग्रता लिएको मत बढी भएसँगै उनको जित निश्चित भएको हो ।

मधेश प्रदेशबाहेक अन्य स्थानको मत गणना हुँदा अध्यक्षमा शर्माले प्रतिस्पर्धी रमेश विष्टलाई १ हजारभन्दा बढी मतान्तरले पछि पार्दै उनले निरन्तर अग्रता लिएकी छिन् । मधेशमा जम्मा ७७२ मत खसेकाले शर्माको जित निश्चित भएको हो ।

त्यस्तै, शर्माकै प्यानलका उम्मेदवारले महासंघका पदाधिकारीमा पनि अग्रता लिइरहेका छन् । शर्मा प्रेस चौतारी र प्रेस युनियनबाट साझा उम्मेदवार हुन् ।  उता प्रेस युनियनका विद्रोही रमेश विष्टलाई प्रेस सेन्टरले समर्थन गरेको थियो । 

नेपाल पत्रकार महासंघले सात दशकको इतिहासमा पहिलो पटक महिला नेतृत्व पाउने पक्कापक्की भएको छ ।