बिहीबार २५ मंसिर, २०८२

पोखरालाई सुदूरपश्चिमले दियो १५४ रनको लक्ष्य

पोखरालाई सुदूरपश्चिमले दियो १५४ रनको लक्ष्य

काठमाडौं, ३० मंसिर। कीर्तिपुरस्थित जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्मिच प्रदेशले पोखरा एभेन्जर्सलाई १५४ रनको लक्ष्य दिएको छ ।

टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५३ रन बनाएको हो ।

सुदूरपश्मिचका लागि आरिफ शेखले अविजित ४२ रन बनाए । ब्राण्डन म्याकमुलेनले ३४ तथा कप्तान दीपेन्द्र सिंह ऐरीले २० रन बनाए ।

बलिङमा पोखराका कप्तान कुशल भुर्तेलले २ विकेट लिए ।