पूर्वाधार आयोजना योजनाबद्ध नहुँदा समस्या: भौतिकमन्त्री

पूर्वाधार आयोजना योजनाबद्ध नहुँदा समस्या: भौतिकमन्त्री

काठमाडौं, ३० मंसिर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मुलुकमा भौतिक पूर्वाधार आयोजना र विकास योजनाबद्ध नहुँदा समस्या भएको बताएका छन् ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४८औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री दाहालले देशमा भौतिक पूर्वाधारका कुरा योजनाबद्ध नहुँदा समस्या भएको बताएका हुन् ।

‘हाम्रा भौतिक योजनाहरू जे आए त्यही गर्ने, नेताहरूलाई मन लागेको गर्ने, आयोजना पनि उस्तै अवस्था हुँदै आयो । यसले विकास प्रक्रियामा नै समस्या भएको छ,’ उनले भने । 

सरकारले नीति राम्रो बनाए पनि ‘फलो’ नगर्दा समस्या आएको उनको भनाइ थियो । 

‘आयोजना बैंक बनाए पनि सोही अनुसार काम नगर्दा प्रभावकारी विकास हुन सकेको छैन । केही समय आएको बाढीले पनि सोही कुरा देखियो । अब हामीले हिजो गरेको डिजाइनहरूबारे सोच्नुपर्ने, समीक्षा गर्नुपर्ने बेला भयो,’ मन्त्री दाहालले भने ।