पोखराका कप्तान कुशल भुर्तेलले भने- 'कमजोर प्रदर्शनको जिम्मेवारी आफैँ लिन्छु'
काठमाडौं, ३० मंसिर। पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो प्रदर्शन किन कमजोर भयो भनेर आफैँ बुझ्न नसकेको बताएका छन् ।
आज (आइतबार) कीर्तिपुरस्थित क्रिकेट मैदानमा सुदूरपश्चिमसँग ५ रनले पराजयको सामना गरेपछि कप्तान कुशल भुर्तेलले यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘म आफैँले बुझ्न सकेको छैन मेरो प्रदर्शन यस्तो भयो भनेर।’ भुर्तेलले पोष्ट म्याचमा भने। उनले समग्र लिगमा आफ्नो प्रदर्शनबाट सन्तुष्ट नभएको समेत बताए ।
साथै उनले कमजोर प्रदर्शनको जिम्मेवारी पनि आफै लिने उनले बताए । ‘कमजोर प्रदर्शनको जिम्मेवारी आफैँ लिन्छु।’ उनले भने ।
कुशलले प्रतियोगिताभर ७ खेलमा ५४ रन बनाएका थिए । उनले ३१ रनको उच्च स्कोर बनाए ।