सुदूरपश्चिमलाई कर्णालीले दियो १०२ रनको लक्ष्य

सुदूरपश्चिमलाई कर्णालीले दियो १०२ रनको लक्ष्य

काठमाडौं, १ पुस । नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सलाई १०२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा १०१ रन मात्र  बनाउन सक्यो ।

कर्णालीका लागि ओमानी खेलाडी जिासन मकसुदले ३० रन बनाए । उनी बाहेक अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

बलिङमा सुदूरपश्चिमका लागि हर्मित सिंहले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । कप्तान दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । साथै उनले २ रनआउट पनि गरे ।स्कट कुगेलेइनले ४ ओभरमा २९ रन खर्चेर २ विकेट नै लिए । सैफ अली जैबले ४ ओभरमा १४ रन खर्चेर १ विकेट लिए ।

अब सुदूरपश्चिमले ७.३ ओभरमा लक्ष्य पूरा गरे कर्णाली शीर्ष चारबाट आउट हुनेछ । अन्यथा कर्णाली शीर्ष चारमा पर्नेछ भने काठमान्डु गुर्खाज बाहिरिनेछ ।

यदि कर्णालीले सुदूरलाई १२ रन वा बढीले हराएमा जनकपुरलाई पछि पार्दै शीर्ष दुईमा पुग्नेछ ।