शिवम् सिमेन्टले गर्यो लाभांश घोषणा, बोनस सेयर ८.५५ प्रतिशत, साधारण सभा कहिले ?
काठमाडौं, १ पुस । शिवम् सिमेन्ट लिमिटेडले ८.५५ प्रतिशत बोनस सेयर दिने भएको छ ।
कम्पनीको२७ मंसिरमा बसेको १३३ औं बैठकले आर्थिक वर्ष २०८०/८१ को वार्षिक साधारसभा बोलाउने र सभाबाट पारित भएपछि सेयरधनीलाई बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ । साधारणसभा २९ पुसमा काठमाडौंमा हुने बताइएको छ ।
चुक्ता पूँजी ५ अर्ब करोड २ करोड ७० लाखको ८.५५ प्रतिशतका दरले हुन आउने ४२ करोड ९८ लाख ८ हजार ५ सय रुपैयाँ बराबर बोनस सेयर तथा चुक्ता पूँजीको ०.४५ प्रतिशतले हुन आउने २ करोड २६ लाख २१ हजार ५ सय रुपैयाँ कर प्रयोजनका लागि नगद लाभांश साधारणसभाबाट पारित भएपछि वितरण गरिने कम्पनीले जनाएको छ ।
त्यसैगरी वार्षिक साधारणसभा प्रयोजनका लागि १७ पुस एक दिन कम्पनीको सेयर दाखिला खारेज कार्य बन्द रहने बताइएको छ ।
यसैबीच, शिवम् सिमेन्ट लिमिटेडको रिक्त सञ्चालकमा सेयरधनी सुशील गुप्ता नियुक्त भएका छन् ।
काठमाडौं महानगरपालिका–३२ का गुप्तालाई कम्पनीको २७ मंसिरमा बसेको १३३औं बैठकले बाँकी कार्यकालका लागि सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।