सुदूरपश्चिम र जनकपुरले क्वालिफायरमा, यस्तो बन्यो प्लेअफ समीकरण
काठमाडौं, १ पुस । सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सले राजधानीमा भइरहेको नेपाल प्रिमियर लिग एनपीएलको पहिलो क्वालिफायर खेल्ने भएका छन् ।
सोमबार लिगको अन्तिम खेलमा सुदूरले कर्णाली याक्सलाई पराजित गरेपछि प्लेअफको समीकरण तय भएको हो ।
यस्तै, चितवन राइनोज र कर्णाली याक्सले एलिमिनेटर खेल्ने भएका छन् । लिग चरणको खेलपछि सुदूरपश्चिम ७ खेलबाट १२ अंक जोडेर शीर्ष स्थानमा रह्यो ।
समान खेलबाट १० अंक जोडेर जनकपुर दोस्रो भयो । सुदूरसँग हारे पनि कर्णाली चौथो हुँदै प्लेअफ पुगेको हो ।
यसअघि नै ७ खेलबाट ८ अंक जोडेर चितवनले प्लेअफ पुगिसकेको छ ।