रविलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं, २ पुस । सहकारी प्रकरणमा मुछिएका रास्वपाका सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
कास्की जिल्ला अदालतका श्रेस्तेदार राजन खनालका अनुसार, सुर्यदर्शन सहकारी ठगी प्रकरणमा आज (मंगलबार) कास्की अदालतले ४ दिन थप हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
प्रहरीले मंगलबार चार दिन हिरासतमै राख्न अनुमति मागेको थियो ।
प्रहरीले गोर्खा मिडियाकै पूर्व प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेसहित गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, जीबी राईका सहयोगी लिला पछाईंलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।