भक्तपुरमा चक्कु प्रहार गरेर बुवाले गरे छोराको हत्या

भक्तपुरमा चक्कु प्रहार गरेर बुवाले गरे छोराको हत्या

काठमाडौं, ३ पुस । भक्तपुरमा बुवाले आफ्नै छोराको हत्या गरेका छन् । घरायसी विवाद चर्किएपछि ६३ वर्षीय दीपबहादुर शाहीले तरकारी काट्ने चक्कु प्रहार गरी ३१ वर्षीय छोरा नरेन्द्रबहादुर शाहीको हत्या गरेका हुन् ।

अछामको कमलनगर नगरपालिका–६ घर भएका उनीहरु भक्तपुर नगरपालिका–२ स्थित शहीद स्मृति खेल मैदान नजिर्क बस्दै आइरहेका थिए ।

गएराति करिब सवा १० बजे घरायसी विवादको क्रममा दीपबहादुरले तरकारी काट्ने चक्कु छोरामाथि प्रहार गरेका थिए । बुवाको चक्कु प्रहारबाट गम्भीर घाइते भएका नरेन्द्रबहादुरलाई उपचारका लागि भक्तपुर अस्पताल पुर्‍याइएको थियो । 

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार, उनको उपचारको क्रममा राति पौने ११ बजे मृत्यु भएको हो । 

शव पोष्टमार्टमका लागि राति सवा १२ बजे काठमाडौंको मेडिकल कलेज दुवाकोट पठाइएको थियो ।

छोराको हत्यामा संलग्न दीपबहादुरलाई जिल्ला प्रहरी परिसर भक्तपुरले नियन्त्रणमा लिई थप घटनाबारे थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।