कृषि विकास बैंकले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?
काठमाडौं, ४ पुस । कृषि विकास बैंक लिमिटेडले १०.५३ प्रतिशत लाभांश घोषणा गरेको छ ।
बैंक सञ्चालक समितिको ४ पुसमा बसेको ११३७औं बैठकले आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट साधारण चुक्ता पूँजी १३ अर्ब ४५ करोड १६ लाख ७४ हजार ७८ को ३ प्रतिशतले बोनस सेयर लाभांश र त्यसमा लाग्ने करसमेत गरी ७.५३ प्रतिशतले हुन आउने नगद लाभांश घोषणा गरेको हो ।
त्यसैगरी, सरकारको अहिले रहेको फिर्ता नहुने अग्रिधिकार सेयर पूँजी ५ अर्ब ४३ करोड २७ लाख १२ हजार रुपैयाँमा समेत वार्षिक ६ प्रतिशतले हुन आउने नगद लाभांश प्रदान गर्ने निर्णय सञ्चालक समिति बैठकले गरेको छ ।
लेखा परीक्षणपछि प्राप्त वित्तीय विवरण अनुसार सेयरधनीलाई नगद वा बोनस कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
उक्त वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने सञ्चालक समितिले जनाएको छ ।