प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणमा राज्य कोषबाट ४ करोड २९ लाख खर्च
काठमाडौँ, ४ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमणका क्रममा राज्य कोषबाट ४ करोड २९ लाख रुपैयाँ खर्च भएको छ ।
अर्थ मन्त्रालय स्रोतका अनुसार, संयुक्त राष्ट्रसङ्घको ७९ महासभामा भाग लिन प्रधानमन्त्री ओलीको नेतृत्वमा अमेरिका भ्रमणमा गएको उच्चस्तरीय टोलीले राज्य कोषबाट ४ करोड२९ लाख ५८ हजार ८३७ खर्च गरेको हुन् ।
प्रधानमन्त्री ओलीको नेतृत्वमा गत असोज ४ देखी १४ गतेसम्म ३० सदस्यीय टोलीले अमेरिका भ्रमण गरेको थियो ।
ओली संयुक्त राष्ट्र सङ्घको ७९ औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर प्रधानमन्त्री ओली गत असोज ४ गते संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका थिए । प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्किएका थिए ।
अर्थ मन्त्रालयले संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजित महासभामा भाग लिन गएको भ्रमण टोलीको खर्च थप बजेट निकासा मार्फत गरिएको जनाएको छ।
‘नियमित शीर्षकमा बजेट विनियोजन गरिएको थिएन,’ ‘नियमित शीर्षकमा बजेट नहुँदा थप बजेट निकासा गर्ने गरिएको छ ।’ अर्थ मन्त्रालय स्रोतले भन्यो ।
परराष्ट्र मन्त्रालयले नियमित हुने विदेश भ्रमणका लागी पर्याप्त बजेट नछुटाउँदा थप बजेट निकासा गर्दै भुक्तानी गर्नु परेको अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन् ।