परराष्ट्र मन्त्री राणा दिल्लीमा, भोलि नेपाल-भारत आर्थिक सम्मेलनलाई सम्बोधन गर्ने

परराष्ट्र मन्त्री राणा दिल्लीमा, भोलि नेपाल-भारत आर्थिक सम्मेलनलाई सम्बोधन गर्ने

काठमाडौं, ४ पुस । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज भारतको केन्द्रीय राजधानी नयाँ दिल्ली पुगेकी छिन् ।

उनी युरोपका केही कार्यक्रममा भाग लिएर बुधबार जर्मनीको बर्लिनबाट नयाँ दिल्ली गएकी हुन् ।

उनले भोलि नयाँ दिल्लीमा आयोजना हुने नेपाल-भारत आर्थिक सम्मेलनलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने कायसूची तय भएको परराष्ट्रमन्त्रालय स्रोतले जानकारी दिएको छ । 

त्यसपछि मन्त्री डा.राणाले नयाँ दिल्लीमा नियमित स्वास्थ्य परीक्षण गराउनेछिन् । उनी आगामी सोमबार स्वदेश फिर्ता हुनेछिन् ।