लक्ष्मी सनराइज बैंकको साधारण सभा पुस २४ गते, ५.२६ प्रतिशत लाभांश प्रस्ताव

लक्ष्मी सनराइज बैंकको साधारण सभा पुस २४ गते,  ५.२६ प्रतिशत लाभांश प्रस्ताव

 काठमाडौं, ४ पुस । लक्ष्मी सनराइज बैंक लिमिटेडले २४औँ वार्षिक साधारणसभाको मिति तय गरेको छ । बैंकले काठमाडौंस्थित अग्रवाल भवन, कमलपोखरीमा पुस २४ गते  साधारणसाभा बस्ने घोषणा गरेको हो । सो सभा बिहान ११ बजे शुरु हुनेछ।

यस वर्ष कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।

त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालक नियुक्ति स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरुमाथि समेत छलफलसहित पारित गरिनेछ ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १७ गते एक दिनका लागि बुक क्लोजगर्ने भएको छ। जस अनुसार, पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागी हुनकासाथै प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।