समाचार सनसनीपूर्ण नबनाइदिन पत्रकारलाई प्रधान न्यायाधीश राउतको आग्रह
काठमाडौं, ४ पुस । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले समाचारलाई अनावश्यक रुपमा सनसनीपूर्ण नबनाउन सञ्चारकर्मीसँग अनुरोध गरेका छन् ।
बिहीबार सञ्चारकर्मीहरूसँगको अन्तरक्रिया गर्दै उनले पत्रकारिता जगतले पूर्ण प्रेस स्वतन्त्रताको दुरुपयोग गर्न नहुने तर्क गरे ।
‘समाचारलाई अनावश्यक रुपमा सनसनीपूर्ण नबनाउनुस्, न्यायपालिका पूर्ण प्रेस स्वतन्त्रताको संवैधानिक प्रावधानको सम्मान गर्छ । पत्रकारिता जगतले त्यो स्वतन्त्रताको दुरुपयोग नगरोस् ।’’ उनले सञ्चारकर्मीलाई आग्रह गर्दै भने ।
साथै, उनले सबैले आ–आफ्नो आचारसंहित पालना गरे दुष्परिणाम आफैं रोकिने दाबी उनले गरे ।
‘प्रेसको स्वतन्त्रता कतैबाट कुण्ठित हुन दिने छैनौं । तर, आफ्नो मर्यादा नभुल्नुस्,’ प्रधानन्यायाधीश राउतको आग्रह छ ।
आदेश र फैसलामा शानदार रूपमा टिकाटिप्पणी गर्दा स्वीकार्य हुने उनको भनाइ छ ।