बेरूजु फर्छ्योटका काममा गति दिने लेखा समिति निर्णय

बेरूजु फर्छ्योटका काममा गति दिने लेखा समिति निर्णय

काठमाडौँ, ८ पुस । सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले महालेखापरीक्षक कार्यालयको प्रतिवेदनले औँल्याएका बेजुरू फर्छ्योटलाई गति दिने निर्णय  गरेको छ ।

समितिअन्तर्गतको बेरूजु फर्छ्योट उपसमितिको बैठक नियमित गर्ने र १५ दिनभित्र महालेखापरीक्षक कार्यालयको साठिऔँ प्रतिवेदनमाथिको छलफल टुङ्ग्याइसक्ने निर्णय भएको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए।

उनका अनुसार बेरूजु  फर्छ्योटका काम टुङ्ग्याएपछि  समितिमा परेका उजुरीमाथि  छलफल गरिनेछ । 

त्यस्तै, बेरूजु फर्छ्योटको अवस्थाबारे सम्बन्धित मन्त्रालयका सचिवहरूलाई बोलाएर छलफल गर्ने निर्णय पनि समितिले गरेको छ ।

लेखा समितिको आजको बैठकमा प्रतिपक्ष दलका सांसदहरूले सभापति पोखरेलको श्रीमती सहकारी ठगी प्रकरणमा मुछिएको र समितिको नेतृत्व प्रतिपक्षले पाउनुपर्ने विषयसमेत उठाएका छन् ।