रविसहित ४ जनालाई अदालतमा उपस्थित गराइयो

रविसहित ४ जनालाई अदालतमा उपस्थित गराइयो

काठमाडौं, ९ पुस । पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित चार जनालाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।

सहकारी ठगी प्रकरणमा मुद्दा दायर गरिएका रवि लामिछाने, छविलाल जोशी, लिला पछाई र रामबहादुर खनाललाई अदालत उपस्थित गराएको हो ।

चार जनालाई अदालत उपस्थित गराइए पनि छविलाल जोशीको मात्रै बयान चलिरहेको छ । छविको बयान सकिएपछि अन्यको बयान सुरु हुनेछ ।

छविको बयान हुँदा अरुलाई जिल्ला अदालतमै राखिएको छ । सञ्चालक कृष्ण गुरूङलाई भने बिरामी भएपछि अस्पताल लगिएको छ ।

सोमबारदेखि जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा बयान सुरू भएको हो ।

उनीहरूविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा अघि बढाइएको छ ।