एनओसी निर्वाचन: उपाध्यक्ष सुनिल निर्वाचन प्रक्रियामा सहभागी नहुने

एनओसी निर्वाचन: उपाध्यक्ष सुनिल निर्वाचन प्रक्रियामा सहभागी नहुने

काठमाडौं,९ पुस । नेपाल ओलम्पिक कमिटी एनओसीका उपाध्यक्ष सुनिल कुमार श्रेष्ठले एनओसीको निर्वाचन प्रक्रियामा सहभागी नहुने बताएका छन् । 

नेपाल फेन्सिङ संघका अध्यक्ष समेत रहेका उनले एनओसीका निर्वाचन अधिकृतलाई पत्राचार गर्दै निर्वाचनमा सहभागिता जनाउन नसक्ने जानकारी गराएका हुन् ।

निर्वाचनका लागि दिइएको सूचनाअनुसार निर्वाचन प्रक्रियामा सहभागिता जनाउँदा उच्च अदालत पाटनले जारी गरेको कारणदेखाउ आदेशको अवज्ञा हुने, राष्ट्रिय खेलकुद परिषदको पत्रको उल्लंघन हुने र युवा तथा  खेलकुद र गृह मन्त्रालयको आदेशको विपरित हुने भएकोले उनी  निर्वाचन प्रक्रियामा सहभागी नहुने  भएका  हुन् ।

नेपाल ओलम्पिक कमिटी नेतृत्वले एनओसीको आगामी चार वर्षे कार्यकालको लागि यही १३ पुसका लागि निर्वाचन गर्ने गरी मिति तय गरेको थियो । त्यसमा लागि सोमबारसम्म मनोनयन दर्ता गर्ने मिति तोकिएको थियो ।

नेपाल रग्वी संघ सहित चार खेल संघले दायर गरेको रिटमाथि सुनुवाई गर्दै उच्च अदालत पाटनले निर्वाचनको विषयमा कारण देखाउ आदेश गरेको थियो ।

यस्तै अदालतले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा झिकाउने समेत आदेश जारी गरेको छ ।