काठमाडौँमा वर्षकै पहिलो हिउँदे वर्षा

काठमाडौँमा वर्षकै पहिलो हिउँदे वर्षा

काठमाडौं, ९ पुस । काठमाडौं उपत्यकामा यस वर्षको पहिलो हिउँदे वर्षा भएको छ । अहिले केहीबेर अघिसम्म सिमसिम झरी परिरहेको थियो । 

मौसमविदले पश्चिमी वायुको प्रभावका कारणाले पानी परेको बताएका छन् । पानी परेसँगै चिसो बढेको छ ।

यस प्रणालीको प्रभाव सबैभन्दा बढी पश्चिम नेपालका भूभागमा परेको बताइएको छ । उच्च पहाडी र हिमाली भेगमा हिमपात समेत भएको छ ।