कालीमाटीमा प्याज सस्तियो, यस्तो छ अन्य तरकारीको मूल्य

कालीमाटीमा प्याज सस्तियो, यस्तो छ अन्य तरकारीको मूल्य

काठमाडौं, १० पुस । बुधबारका लागि प्याजको भाउ सस्तिएको छ । एक महिनाकै अवधिमा प्याजको भाउ ३६ प्रतिशतले गिरावट आएको हो  ।

कालीमाटी बजारमा मंसिर १० गते प्रतिकिलो १०० रुपैयाँ पुगेको प्याज अहिले औसत ६४ रुपैयाँमा झरेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अघिल्लो दिनको तुलनामा बुधबार प्याज ५.४ प्रतिशत सस्तिएर अधिकतम ६५ रुपैयाँमा कारोबार भएको छ ।

प्याजका अलवा आलु, गोलभेँडा, बन्दा, काउली, मुला, घिउ सिमी पनि सस्तिएको छ । आज ठूलो गोलभेँडा प्रतिकिलो ९०, सानो गोलभेँडा ६०, टनेल गोलभेँडा अधिकतम ८५ रुपैयाँ प्रतिकिलो छ ।

समितिका अनुसार स्थानीय बन्दा ५०, तराई बन्दा ४०, स्थानीय काउली ५० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ । लाम्चो भन्टा ६५, डल्लो भन्टा ८०, मकैबोडी ७०, मटरकोशा १२०, घिउ सिमी ९० रुपैयाँ प्रतिकिलो छ ।

टे सिमी ८०, तिते करेला १००, लौका ९०, भिन्डी १३०, इस्कुस ३५, रुपैयाँ छ । तरुल ८०, कन्य च्याउ १५०, डल्ले च्याउ ३०० रुपैयाँमा किनबेच भइरहेको छ ।