बसबरियाका वडाध्यक्ष महतोको निधन

बसबरियाका वडाध्यक्ष महतोको निधन

मलङ्गवा (सर्लाही), ११ पुस । सर्लाहीको बसबरिया गाउँपालिका–३ का वडाध्यक्ष नन्दलाल महतोको ६९ वर्षको उमेरमा निधन भएको छ । 

क्यान्सरबाट पीडित उनको उपचारका क्रममा बुधवार राति भरतपुरस्थित बिपी कोइराला मेमोरियल अस्पतालमा निधन भएको हो । 

बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन रायका अनुसार महतोको आजै दाहसंस्कार गरिने छ । उनी नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए। बसबरिया गाउँपालिकाले आज गाउँपालिकामा शोक बिदा भएको जनाएको छ ।