एसईईको परीक्षा आवेदन फाराम खुल्यो

एसईईको परीक्षा आवेदन फाराम खुल्यो

काठमाडौं, १२ पुस । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को आवेदन फारम खुला भएको छ । कक्षा १० को परीक्षा नियन्त्रण कार्यालयले फारम भर्न एक महिनाको समय निर्धारण गरिएको छ ।

पुस १२ देखि माघ १२ गते भित्र फारम भरिसक्न कार्यालले भनेको छ । फारमका लागि प्रति परीक्षार्थी ५ सय दस्तुर लाग्ने छ ।

त्यसैगरी रजिस्ट्रेसनको अर्धकट्टीको प्रतिलिपि, शैक्षिकसत्र २०७९ वा सो भन्दा पहिले आधारभूत तह कक्षा उत्तीर्ण गरेको प्रमाणपत्रको प्रतिलिपि, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि र हालसाल खिचिएको पासपोर्ट साइजको दुई प्रति फोटो फारम भर्न चाहिने सूचनामा भनिएको छ ।