उच्च र जिल्लाका २५ न्यायाधीश सरुवाको सिफारिस

उच्च र जिल्लाका २५ न्यायाधीश सरुवाको सिफारिस

 काठमाडौं, १२ पुस । न्याय परिषद्ले विशेषका एक सदस्य तथा उच्च र जिल्ला अदालतकासहित २५ न्यायाधीशको सरुवा सिफारिस गरेको छ ।

आज (शुक्रवार) बसेको न्याय परिषद् बैठकले विशेष अदालतका एक सदस्य, उच्च अदालतका आठ र जिल्ला अदालतका १६ न्यायाधीशको सरुवा सिफारिस गरेको हो ।

परिषद्ले विशेष अदालतका आठ न्यायाधीशमध्ये डा.खुसीप्रसाद थारुको उच्च अदालतको वीरगन्ज इजलासमा सरुवा सिफारिस गरेको छ ।

उनको स्थानमा उच्च अदालत पाटनका न्यायाधीश बिदुर कोइरालालाई तोक्न पनि न्यायपरिषद्ले सरकारलाई सल्लाह दिएको छ । 

न्यायापरिषदको सिफारिसमा प्रधानन्यायाधीशले सरुवाको निर्णय गर्ने व्यवस्था छ।