काठमाडौंको कागेश्वरीमा गोली प्रहार, दुई जना घाइते
काठमाडौं, १४ पुस । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ मा गोली प्रहार भएको छ । गोली लागेर दुई जना घाइते भएका छन् ।
वडा नम्बर ७ स्थित रिद्धिसिद्धि बसपार्क नजिकै गएराति साढे १० बजे अर्जुन श्रेष्ठको घरभित्र प्रवेश गर्दै खोटाङ हलेसी तुवाचुङ नगरपालिका–७ का साहिर शंकर नामका व्यक्तिले पेस्तोल चलाएका हुन् ।
प्रहरीले गोली प्रहारबाट घरधनी अर्जुन र श्रीमती शान्ति देवी श्रेष्ठ घाइते भएको जनाएको छ ।
प्रहरीका अनुसार, उनीहरूको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । गोली प्रहार गर्ने शंकरलाई नियन्त्रणमा लिने क्रममा उनी पनि घाइते भएका छन् । पेस्तोल चलाउने शंकरको पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा व्यक्तिगत रिसिइबी रहेको खुल्न आएको छ । प्रहरीले यस घटनाबारे थप अनुसन्धान अघि बढाएको छ ।