मंगलबार २७ फागुन, २०८१

साई स्वागत सहकारी ठगी प्रकरण: मिलापत्र गरेर छुटे भरत जंगम

साई स्वागत सहकारी ठगी प्रकरण: मिलापत्र गरेर छुटे भरत जंगम

काठमाडौं, १५ पुस । साई स्वागत सहकारी ठगी प्रकरणमा मुछिएपछि पक्राउ परेका भरतमणि जंगम र लुमन दाहाललाई रिहा गरिएको छ ।  ७ पुसमा हिरासतमा लिइएका जंगम र दाहाल गत शुक्रबार रिहा भएका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतका अनुसार, सहकारी अनियमितता प्रकरणमा उनीहरूविरुद्ध परेको १ करोड ६ लाखको उजुरीमा ‘गुड फर पेमेन्ट’ चेक दिएर उनीहरू रिहा भएका छन् । पीडितसँग मिलापत्र गरेर उनीहरू छुटेका हुन्। 

उनीहरूलाई गत शुक्रबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको रोहबरमा रिहा गरिएको हो । जंगम साई स्वाग सहकारीका अध्यक्ष हुन् भने दाहाल तत्कालीन कोषाध्यक्ष हुन् ।