परीक्षाको मुखैमा परीक्षा केन्द्र परिवर्तन भएपछि विद्यार्थी आन्दोलित, क्याम्पसमा आगजनी र तोडफोड
जनकपुर, १६ पुस । जनकपुरधामको रामस्वरुप रामसागर बहुमुखी क्याम्पस(राराब) का विद्यार्थीहरु आन्दोलित भएका छन् ।
बुधबार (भोलि) देखि सुरु हुन लागेको ब्याचलर लेभलको परीक्षाको केन्द्र फरक फरक क्याम्पसमा राखेको विरोध जनाउँदै विद्यार्थीहरु विहानैदेखि प्रदर्शनमा उत्रिएका हुन् ।
प्रदर्शन विद्यार्थीको समूहले क्याम्पसको प्रसाशन शाखाको ढोका, झ्याल, झ्यालको सिसा तोडफोड गर्नुका साथै क्याम्पस परिसर भित्र राखेको काठका सामाग्रीहरुमा आगोसमेत लगाएका छन् ।
यसपूर्व राराबा क्यामपसको परीक्षा केन्द्र अन्य क्याम्पसमा कहिल्यै तोकिएको थिएन । निजी क्यामपसका सञ्चालकहरुको पैसाको चलखेल र मिलेमतोमा नौंसय जना विद्यार्थीबाहेक अन्य बाँकी विद्यार्थीहरुको परीक्षा केन्द्र अरु क्याम्पसमा राख्न नियतवस लगाएको आरोप उनीहरुले लगाएका छन् ।
उनीहरुले यो निर्णय आजै नसच्चयाए भोलि मधेश प्रदेशभरी कुनै ब्याचलर लेभलको परीक्षा हुन नदिने चेतावनी समेत दिएका छन् ।