प्रेस स्वतन्त्रता हननका ६० घटना, सन् २०२४ मा प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धि
काठमाडौं, १६ पुस । सन् २०२४ मा प्रेस स्वतन्त्रता हननका घटनामा उल्लेख्य रुपमा वृद्धि भएको पाइएको छ।
नेपाल पत्रकार महासंघ, सञ्चार अनुगमन शाखाको अभिलेखअनुसार, यो वर्ष प्रेस स्वतन्त्रता हननका ६० घटना भएको भएका छन् । यो भन्दा अघि सन् २०२३ मा यस्तो घटना ५८ वटा मात्रै भएका बताइएको छ ।
यस वर्ष प्रेस स्वतन्त्रता हननका ६० घटना हुँदा ३४ जना महिला र १ सय १३ जना पुरुष पत्रकार पीडित भएका छन् । १३ वटा सञ्चार संस्था प्रभावित भएका छन् । सन् २०२२ मा ५३ वटा घटना भएको अनुगमन शाखाको अभिलेखमा उल्लेख छ ।
अनुगमन शाखाले प्रेस स्वतन्त्रता तथा पत्रकार सुरक्षाको सवालमा यो वर्ष चुनौतीपूर्ण बनेको जनाएको छ। ।
समाचार लेखेको तथा सूचना मागेका कारण पत्रकारमाथि धम्की दिने, गिरफ्तार र हत्या गर्नेसम्मका घटनाका कारण प्रेस स्वतन्त्रताको सवालमा यो वर्ष चुनौतीपूर्ण देखिएको अनुगमन शाखाको भनाइ छ ।