सरकारले तोक्यो २३ जना सार्वजनिक खाद्य विश्लेषक
काठमाडौं, १६ पुस । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले २३ जना वरिष्ठ खाद्य अनुसन्धान अधिकृतलाई सार्वजनिक खाद्य विश्लेषक तोकेको छ ।
सोमबार राजपत्रमा सूचना सार्वजनिक गर्दै मन्त्रालयले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को अनुसार सार्वजनिक खाद्य विश्लेषक तोकेको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र अन्तर्गत कार्यालयमा वरिष्ठ खाद्य अनुसन्धान अधिकृतलाई सार्वजनिक खाद्य विश्लेषक तोकिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, खाद्य विश्लेषक हुनेहरूमा प्रमोद कोइराला, डा.हुमा कुमारी बखी, मोहन कृष्ण महर्जन, महिपाल राम वैद्य, विजय खनाल, कृष्ण प्रसाद राई रहेका छन् ।
यसैगरी, कमल प्रसाद रेग्मी, शिवसागर चौधरी, नवराज दहाल, हस्तबहादुर राई, विमल कुमार दाहाल, डा. क्षितिज श्रेष्ठ, भीमप्रसाद पुलामी, सुमन धिताल, ज्योत्स्ना श्रेष्ठ, सञ्जय भण्डारी, अनुप हलुवाई, डा.बाल कुमारी शर्मा, रमेश खड्का, हरेराम प्रधान, काशीनाथ घिमिरे, प्रशान्त पोखरेल र प्रतिमा श्रेष्ठ खाद्य विश्लेषक तोकिएका हुन् ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को दफा ३९ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र अन्तर्गतका कार्यालयमा कार्यरत रहेका वरिष्ठ खाद्य अनुसन्धान अधिकृतलाई सार्वजनिक खाद्य विश्लेषक तोकिएको सूचनामा जनाइएको छ ।