नेपाल–भारत संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’को १८ औँ संस्करण सुरु

नेपाल–भारत संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’को १८ औँ संस्करण सुरु

काठमाडौं, १६ पुस । नेपाल र भारतबीच विगतदेखि हुँदै आएको संयुक्त सैन्य अभ्यास 'सूर्यकिरण'को १८औं संस्करण मंगलबारदेखि सुरु भएको नेपाली सेनाले जनाएको छ । 

अभ्यासमा नेपाली सेनाको श्रीलंग बटालियनको टोलीसँगै भारतीय सेनाको ११औं गोर्खा राइफल्सको फौजको सहभागिता रहेको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले जानकारी दिए । 

सेनाका प्रवक्ता केसीका अनुसार, नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्ध, विश्वास र साझा संस्कृतिक सम्बन्ध विस्तार गर्न यस्ता किमिसका संयुक्त सैन्य अभ्यासले महत्वपूर्ण भूमिका खेल्छ ।

तालिममा जंगल युद्ध, कठिन भौगोलिक स्थलमा आतंकवादविरुद्धको अपरेशन, शान्ति स्थापना, विपद् व्यवस्थापन तथा सहायता, वातावरण संरक्षण लगायतका विषयमा अभ्यासहरू दुई सातासम्म सञ्चालन हुनेछन् । 

यो अभ्यास २०६७ सालदेखि सुरु गरिएको हो । दुई देशले पालैपालो यो अभ्यासको आयोजना गर्ने गरेका छन् ।