पेट्रोल डिजेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो
काठमाडौँ, १७ पुस । पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको नेपाल आयल निगमले जनाएको छ । मङ्गलबार मध्यरातदेखि लागू हुनेगरी पेट्रोल १ र डिजेलमा २ रुपैयाँ मूल्य बढाएको हो ।
त्यस्तै, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर २ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धन प्रति प्रतिकिलोलिटर १५ डलरले घटाइएको छ ।
अब पेट्रोलको मूल्य काठमाडौँ तथा पोखरामा १६३ रुपैयाँ, सुर्खेत र दाङमा १६२ रुपैयाँ र बाँकी क्षेत्रमा १६०.५० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, डिजेलको मूल्य काठमाडौँ तथा पोखरामा १५३ रुपैयाँ, सुर्खेत र दाङमा १२२ रुपैयाँ र बाँकी क्षेत्रमा १५०।५० रुपैयाँ कायम भएको छ ।
आन्तरिक हवाई इन्धन प्रतिलिटर १२६ रुपैयाँ तोकिएको छ भने अन्तर्राष्ट्रिय हवाई इन्धनको काठमाडौँमा ९६०, भैरहवामा ७९३ र भैरहवामा ७७८ अमेरिकी डलर निर्धारण गरिएको छ ।