माइतीघरमा जनमतले मनायो 'राष्ट्रिय धोती दिवस'
काठमाडौं, १७ पुस । सीके राउत नेतृत्वको जनमत पार्टीले नयाँ वर्ष सन् २०२५ को अवसरमा धोती दिवस भव्यरुपमा मनाएको छ ।
जनमत पार्टीका अध्यक्ष राउतलगायतका नेता कार्यकर्ताहरु माइतीघर मण्डलामा सहभागी भएर धोती दिवस मनाएका हुन् ।
उनीहरुले मधेशी समुदायले लगाउने धोती लगाएर सहभागिता जनाएका थिए ।
उनीहरुले ‘धोती हाम्रो शान हो, मधेशीको पहिचान हो’, ‘मधेशी एकता जिन्दावाद’, ‘धोती भैया भनेर हेप्न पाइँदैन’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
मधेशी समुदायले सन् २०१६ देखि जनवरी १ तारिखको दिन धोती दिवस मनाउन थालेका हुन् ।