नेपाल बैंक र सुनैना हस्पिटलबिच सम्झौता
काठमाडौँ, १८ पुस । नेपाल बैंक लिमिटेड र जनकपुरको सुनैना हस्पिटलबीच छुट सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता पश्चात् बैंकका कार्यरत कर्मचारी र बैंकमा खाता भएका ग्राहकलाई जनकपुरधाम–०४ स्थित कदम चौकमा रहेको सुनैना हस्पिटलमा विशेष छुट प्राप्त हुनेछ ।
सो सम्झौताअनुसार, नेपाल बैंकमा कार्यरत कर्मचारीहरूलाई र बैंकमा खाता रहेका ग्राहकहरूलाई अस्पतालको स्वास्थ्य सम्बन्धी विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत देखि १५ प्रतिशतसम्म छुट हुने सम्झौता पत्रमा उल्लेख छ ।
यस्तै, विभिन्न सेवामा लाग्ने कन्सुलेसन शुल्कमा पनि १०० प्रतिशत छुट हुने व्यवस्था समेत गरिएको बैंकले जनाएको छ ।