विद्युत् प्राधिकरणलाई इलेक्ट्रिकल इन्जिनियरको हब बनाउँछौँ : कुलमान घिसिङ

विद्युत् प्राधिकरणलाई इलेक्ट्रिकल इन्जिनियरको हब बनाउँछौँ : कुलमान घिसिङ

काठमाडौँ, २१ पुस ।  नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत प्राधिकरणलाई इलेक्ट्रिकल इन्जिनियरको हब बनाउने बताएका छन्।

आइतबार पुल्चोक इन्जिनियरिङ क्याम्पसका भएको हाई भोल्टेज ल्याबको उद्घाटन कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले विद्युत प्राधिकरणमा इलेक्ट्रिकल इन्जिनियरको अभाव रहेको बताए।

उनले लामो समयसम्म दरबन्दी बनाउन नसक्दा रोकिएको इलेक्ट्रिकल इन्जिनियरको विज्ञापन भर्खरै निकाल्न सफल भएको बताए।

उनले लोकसेवामार्फत एकै पटक ७० जना इलेक्ट्रिकल इन्जिनियर लिने गरी विज्ञापन निकालिएको उल्लेख गरे।

उनले भने, ‘विद्युत प्राधिकरणका ट्रान्सफर टेष्टिङ ल्याब र वर्कसपहरु प्रायः इन्टर्नसिपका विद्यार्थीले नै चलाएका छन्। धेरै ठाउँका ट्रेनिङ सेन्टरहरुबाट विद्यार्थीहरु आउँछन्। विद्युत प्राधिकरणले १५ सय जना विद्यार्थीहरुलाई हरेक लटमा लिने गरेका छौँ। प्राधिकरणले इन्टर्नसिप लिइ रहेका छौँ। इलेक्टिकल इन्जिनियरको लागि एकै पटक ७० वटा सिटमा लोकसेवामार्फत विज्ञापन निकालेका छौँ। इलेक्टिकल इन्जिनियर विद्युत प्राधिकरणभित्र खडेरी छ। लामो समयदेखि विज्ञापन दरबन्दी यकिन गर्न नसक्दा निकाल्न सकेका थिएनौँ। इलेक्ट्रिकल इन्जिनियरहरुको लागि विद्युत प्राधिकरण ठूलो हव बनाउनुपर्छ।’