समाज रुपान्तरणको लागि हरेक समाचार सत्यतथ्य हुनुपर्छ: राष्ट्रियसभा अध्यक्ष दाहाल

समाज रुपान्तरणको लागि हरेक समाचार सत्यतथ्य हुनुपर्छ: राष्ट्रियसभा अध्यक्ष दाहाल

काठमाडौं, २१ पुस । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले समाज रुपान्तरणको लागि पत्रकारहरुले दिने हरेक समाचार सत्यतथ्य हुनुपर्ने बताएका छन् ।

नेपाल पत्रकार महासंघ ललितपुर जिल्ला शाखाका नवनिर्वाचित कार्यसमिति पद हस्तान्तरण समारोहमा बोल्दै उनले पत्रकारहरुले सत्य तथ्यमा आधारित रहेर समाचार सम्प्रेषण गर्न सके मात्र जिम्मेवारीको सार्थकता पुष्टि हुने बताएका हुन् ।

उनले भने,‘बिग हाउसका कतिपय समाचारहरु हामी सबै सुन्ने गर्छौं। समाचार सुनिसकेपछि एउटा धारणा बनाउँछौं । त्यो बेला पत्रकारले दिने समाचार सत्य र तथ्य कतिको हुन्छ, समाज रुपान्तरणको लागि पत्रकारहरुले दिने हरेक समाचार सत्य र तथ्य कतिको हुनुपर्छ भन्ने कुरा पनि ध्यान दिन उत्तिकै जरुरी हुन्छ । पत्रकारहरुले सत्य तथ्यमा आधारित रहेर समाचार सम्प्रेषण गर्न सके मात्र जिम्मेवारीको सार्थकता पुष्टि हुन्छ ।’

साथै उनले पत्रकारिता क्षेत्रलाई जवाफदेही बनाउन आफू सधैं प्रतिवद्ध रहने बताए।