टाटाको पन्चले तोड्यो मारुती सुजुकीको ४० वर्षे वर्चस्व, बन्यो १ नम्बर कार निर्माता कम्पनी

टाटाको पन्चले तोड्यो मारुती सुजुकीको ४० वर्षे वर्चस्व, बन्यो १ नम्बर कार निर्माता कम्पनी

काठमाडौं, २२ पुस ।   टाटा मोटर्सले मारुती मारुतीलाई पछि पार्दै १ नम्बर कार निर्माता कम्पनी ताज पहिरिएको छ ।  टाटा पञ्च गाडीले मारूतीको ४० वर्ष लामो वर्चस्व तोडेको हो।

यसले भारतको गाडी बजारमा ऐतिहासिक बदलाप ल्याएको बताइएको छ। सन् २०२४ मा टाटा मोटर्सको ‘पञ्च’ देशकै सबैभन्दा बढी बिक्री हुने कार बन्न सफल भएको हो।

टाटा मोटर्सले दुई लाख दुई हजार पञ्च बिक्री गरेको थियो। यद्यपी, यो समयमा सुजुकीको वागन आर कारले एक लाख ९१ हजार युनिट उत्पादन गरेको छ।

टाटा मोटर्सका प्रमुख शैलेश चन्द्रका अनुसार, सन् २०२४ मा भारतमा गाडीको कूल बिक्री ४३ लाख पुग्ने अनुमान गरिएको थियो। विशेष गरी स्पोर्ट युटिलिटी सवारी (एसयुभ) को मागमा उल्लेखनीय वृद्धि भएको छ।

सन् २०२१ मा लन्च भएको टाटा पञ्चले आकर्षक डिजाइन, १९० मिलिमिटर ग्राउन्ड क्लियरेन्स, ३.८ मिटर लम्बाइ र सशक्त उपस्थितिका कारण लोकप्रियता आर्जन गरेको बताइएको छ । 

बजारमा साना कार किन्ने ग्राहकहरूको प्राथमिकता एसयुभीतर्फ मोडिँदा पञ्चले नयाँ खण्डमा नेतृत्व लिन सफल भएको उल्लेख छ।

टाटा पञ्च मासिक १० हजारभन्दा बढी युनिट बिक्री गर्दै २०२२ मा नै शीर्ष १० मा प्रवेश गरेको थियो। मूल्य, डिजाइन र सुविधाका हिसाबले हुन्डाईको 'एक्स्टर'  जस्तै भए पनि २०२४ मा पञ्चले दोब्बर बिक्री गर्दै आफ्नो पकड मजबुत बनाएको हो।

टाटा पञ्चको यो उपलब्धिले भारतीय बजारमा एसयुभी युगको प्रारम्भ भएको देखाएको छ। ग्राहकहरू आकर्षक डिजाइन, सुरक्षित सवारी र उन्नत प्रविधिमा आकर्षित भइरहेका टाटाले जनाएको छ ।