दूरसञ्चार प्राधिकरणद्वारा इन्टरनेट सेवा प्रदायक कम्पनी डल्फिन नेटको लाइसेन्स खारेज
काठमाडौं, २२ पुस । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाप्रदायक डल्फिन नेट कम्युनिकेसन प्रालिको अनुमतिपत्र (लाइसेन्स) खारेज गरिदिएको छ ।
प्राधिकरणबाट इन्टरनेट (इमेलसहितको) सेवा सञ्चालन गर्न अनुमति लिएको डल्फिन नेट कम्युनिकेसनले तोकिएको समयावधिभित्र लाइसेन्स नवीकरण नगरेकाले लाइसेन्स रद्द भएको प्राधिकरणले जनाएको छ ।
लाइसेन्स पुस ६ गतेदेखि खारेज गरिएको हो । साथै, प्राधिकरणलाई नियमानुसार तिर्न बाँकी रकमबारे ३० दिनभित्र कार्यालयमा सम्पर्क गर्न प्राधिकरणले निर्देशन पनि दिएको छ । अन्यथा, कानुनअनुसार कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।