१ अर्ब रुपैयाँ बराबरको सिटिजन्स सन्तुलित योजना सञ्चालनका लागि बोर्डमा निवेदन
काठमाडौं, २३ पुस । सिटिजन्स क्यापिटल लिमिटेडले सिटिजन्स सन्तुलित योजना नामको सामूहिक लगानीकोष योजना सञ्चालनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशनका लागि सिटिजन्स क्यापिटलले बोर्डमा पुस १९ गते निवेदन दर्ता गराएको हो ।
बन्दमुखी प्रकृतिको योजनाका रूपमा सञ्चालनमा आउने यस योजनाको इकाई निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी समेत सिटिजन्स क्यापिटल लिमिटेडले लिएको जनाएको छ ।