उमागौरी सहकारी ठगी प्रकरण: फरार रहेकी लेखा समिति सभापतिकी श्रीमती अदालतमा हाजिर

उमागौरी सहकारी ठगी प्रकरण: फरार रहेकी लेखा समिति सभापतिकी श्रीमती अदालतमा हाजिर

काठमाडौं, २४ पुस । प्रतिनिधि सभाको लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला अदालतमा उपस्थित भएकी  छिन् । सहकारी ठगी प्रकरणमा संलग्न रही फरार उनी  हाजिर भएकी हुन् । 

अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले कोइराला बुधबार मोरङ जिल्ला अदालतमा हाजिर भएकी जानकारी दिए । उनका अनुसार, अदालतमा उपस्थित भएकी कोइराको बयान उद्धव प्रसाद भट्टराईको इजलासमा सुरु भएको छ । 

मोरङ धनपालथान–४ मा रहेको उमागौरी कृषि सहकारीको रकम अनियमितता प्रकरणमा पक्राउ पुजी जारी भएपछि उनी फरार हुँदै आएकी थिइन् । यसअघि नै यस सहकारीको मुद्दा अदालतमा दर्ता भइसकेको छ ।

कोइरालाको  बयान सकिएपछि थुनछेक बहस हुनेछ । त्यसपछि उनलाई धरौटीमा तथा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा कारागार पठाउने भन्ने आदेश अदालतबाट जारी हुनेछ  ।