मूलपानी क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चित गर्न निर्देशन
काठमाडौं, २४ पुस । संसदीय समितिले मुलपानी क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ ।
बिहीबार संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिले युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसहित मन्त्रालयका सचिवसँग छलफल गरेको थियो ।
उक्त छलफलपछि समितिले मुलपानीमा क्रिकेट रंगशालाका लागि स्रोत सुनिश्चित गर्न निर्देशन दिएको हो ।
आर्थिक वर्ष २०८०/८१ कै नीति तथा कार्यक्रममा सरकारले दुई वर्षभित्र अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना हुनेगरी मुलपानी र कीर्तिपुर रंगशाला स्तरोन्नती गर्ने घोषणा गरेको थियो ।