तस्बिरमा हेर्नुहोस् निर्माणाधीन नागढुंगा सुरुङमार्ग
काठमाडौं, २४ पुस । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गमा अन्तिम चरणको काम भइरहेको छ ।
मुख्य सुरुङमार्गको कुल लम्बाइ दुई हजार ६८८ मिटर छ भने आपत्कालीन सुरुङमार्गको कुल लम्बाइ दुई हजार ५५७ मिटर रहेको छ ।
धादिङको सिस्नेखोलामा मुख्य सुरुङ र काठमाडौंको गुर्जुधारामा फ्लाई ओभरसहित द्रुत गतिको सडक निर्माण भइरहेको छ ।
सुरुङमार्ग सञ्चालनपश्चात् इन्धन खपत कम हुने र नागढुङ्गा सडकखण्डमा सवारी जाम पनि कम हुने अपेक्षा गरिएको छ ।