आयकरको पहिलो किस्ता पुस मसान्तभित्रै बुझाउन विभागको ताकेता
काठमाडौं, २५ पुस । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०८१/८२ को करको विवरण र पहिलो किस्ताको कर दाखिला पुस मसान्तभित्रै गर्न अनुरोध गरेको छ ।
चालू आर्थिक वर्षको अनुमानित करको विवरण र सो विवरणअनुसार तिर्नुपर्ने आयकरको पहिलो किस्ताबापतको कर तिर्न ताकेता गरेको विभागले एक सूचना सार्वजनिक गर्दै जनाएको छ ।
आयोगले आयकर ऐन, २०५८ को दफा ९४ को उपदफा १० बमोजिम आर्थिक वर्ष २०८१/८२ को आयकर किस्ता दाखिला गर्नुपर्ने करदाताले दफा ९५ बमोजिम चालू आर्थिक वर्षको अनुमानित करको विवरण र त्यसअनुसारको तिर्नुपर्ने आयकरको प्रथम किस्ताबापतको ४० प्रतिशत रकम पुस महिनाभित्रै ठूला करदाता कार्यालय वा सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्न आग्रह गरेको हो ।