बीमा क्षेत्रले समग्र देशको अर्थतन्त्रमा पुर्‍याएको योगदान महत्वपूर्ण: अर्थमन्त्री पौडेल

बीमा क्षेत्रले समग्र देशको अर्थतन्त्रमा पुर्‍याएको योगदान महत्वपूर्ण: अर्थमन्त्री पौडेल

काठमाडौं, २५ पुस । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्राकृतिक र मानव सिर्जित जोखिमबाट मानव जिवन, र वित्तिय सुरक्षा प्रदान गर्न बीमा क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

बिहीबार बीमा बहस कार्यक्रममा बोल्दै मन्त्री पौडेलले जोखिम न्यूनिकरण, बचत कर्जा र लगानी अभिवृद्धिलाई रोजगारी सिर्जनाजस्ता माध्यमबाट अर्थतन्त्रलाई समेत बीमा क्षेत्रले महत्वपूर्ण योगदान पुर्‍याउने बताएका हुन् ।

उनले भने, ‘प्राकृतिक र  मानव सिर्जित जोखिमबाट मानव जीवन, व्यवसाय र वित्तिय सुरक्षा प्रदान गर्न बीमा क्षेत्रको महत्वपूर्ण भूमिका  रहेको  छ । बचत कर्जा, लगानी अभिवृद्धि, रोजगारी सिर्जनाजस्ता माध्यमबाट अर्थतन्त्र निर्माण गर्न बीमा क्षेत्रले महत्वपूर्ण योगदान रहन्छ ।’

साथै उनले बीमा क्षेत्रको विकास र प्रवद्र्धनका लागि सरकारले निरन्तर प्रयास गर्दै आइरहेको बताए । उनले सरकारले लिएको नीतिगत बीमाको दायरा क्रमश विस्तारै हुँदै गैइरहेको बताए ।

यसैगरी उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद  ढकालले नेपालको आर्थिक विकासमा बीमा क्षेत्रले धेरै नै महत्वपुर्ण  भूमिका निर्वाह गरेको बताए  । उनले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा बीमा क्षेत्रमा करिव २ लाख व्यक्तिहरुले रोजगारी पाएको समेत  बताए ।

उनले  भने, ‘वास्तवमा बीमा क्षेत्रले नेपालको आर्थिक विकासमा धेरै नै महत्वपूर्ण  भूमिका निर्वाह गरेको छ । करिब प्रत्यक्ष र अप्रत्यक्ष रुपमा बीमा क्षेत्रमा करिव २ लाख व्यक्तिहरुले रोजगारी पाएका छन् ।’