घुस लिएर अख्तियारमै पुगेका प्रमुख प्रशासकीय अधिकृत सापकोटाविरुद्ध मुद्दा

घुस लिएर अख्तियारमै पुगेका प्रमुख प्रशासकीय अधिकृत सापकोटाविरुद्ध मुद्दा

काठमाडौं, २५ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कञ्चनपुरको कार्यालयमा घुस रकम बोकेर पुगेका नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर गरिएको छ । 

कञ्चनपुरस्थित अख्तियारकै कार्यालयमा १ लाख घुससहित उनी गत २८ मंसिरमा पक्राउ परेका थिए । सापकोटाले अनुसन्धान अधिकृतसँग सापकोटाले आफ्नो स्वेच्छाले नै ल्याएको प्रतिक्रिया दिएका थिए । त्यसलगत्तै उनी पक्राउ परेका थिए । 

अछामको मल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रहँदा  मेसिनरी सामान खरिद प्रक्रियामा घुस खाएको अभियोग उनीमाथि लागेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार सापकोटाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।