सिमेन्ट लगायतका निर्माण सामग्रीको अस्वभाविक मूल्यवृद्धि गरिएको भन्दै विरोध
काठमाडौं, २६ पुस । पोखरा चेम्बर अफ कमर्स कास्कीले सिमेन्ट लगायतका निर्माण सामग्रीमा अस्वभाविक मूल्यवृद्धि भएको भन्दै आपत्ति जनाएको छ । बिहीबार बसेको कार्यसमिति बैठकले मूल्य बृद्धिको बिरोध गर्ने निर्णय गरेको हो ।
‘केहिदिन यता सिमेन्ट उत्पादकले सिमेन्टको मूल्य अस्वभाविक रुपमा बिना आधार वृद्धि गरेकाले यसको प्रत्यक्ष असर आम उपोभोत्ता, हार्डवयर व्यवसायी र निर्माण व्यवसायीलाई परेको कूरा जानकारी नै छ,’ बैठकपछि अध्यक्ष उमराज बाँस्तोलाले एक विज्ञप्तिमार्फत भनेका छन् ।
निर्माण कार्य तिव्रताको साथ अगाडि बढ्ने बेलामा सिमेन्ट उत्पादकको मनोमानी तवरको मूल्यबृद्धिले काम गर्ने वातावरणमा असर पर्ने उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
‘सहज र सरल रुपबाट काम गर्ने वातावरण बनाईदिनुहूनको तत्काल अस्वभाविक मूल्यवृद्धि नियन्त्रण गर्न नेपाल सरकार समक्ष जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।