प्रहरीले बुझायो सुप्रिम बचतको अनुसन्धान प्रतिवेदन, रवि पनि प्रतिवादी

प्रहरीले बुझायो सुप्रिम बचतको अनुसन्धान प्रतिवेदन, रवि पनि प्रतिवादी

काठमाडौं, २६ पुस । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझाइएको छ ।

आज प्रहरीले  रूपन्देहीस्थित जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको हो । अनुसन्धान प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पनि प्रतिवादी बनाइएको छ ।

पूर्वगृहमन्त्री समेत रहेका लामिछाने हिजो मात्रै पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दामा ६५ लाख धरौटी बुझाएर रिहा  भएका छन् ।