परराष्ट्रमन्त्री आरजू र चिनियाँ राजदूत सोङबीच भेटवार्ता
काठमाडौं, २६ पुस । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र नेपालका लागि चीनका राजदूत छन सोङबीच शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्ता सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएको हो ।
भेटका क्रममा नेपाल–चीन सम्बन्धका विविध पक्षकाबारे कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यसअवसरमा परराष्ट्रमन्त्री डा.राणासँग चिनियाँ राजदूतले शिष्टाचार भेट गरेको तथा त्यसअवसरमा दुई देशबीच सम्बन्धका विविध विषयमा छलफल भएको जनाएको छ ।